३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो।

त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे।

प्रधान सेनापति सिग्देलले  देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएका उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८३ १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App