१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताएकी छन्।

सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ। सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उनले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक रहेको उल्लेख गरेका छन्।

'उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस र समर्पणको अनुपम उदाहरण हो। सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको छ,' उपराष्ट्रपतिले सन्देशमा भनेका छन‍्. 'यो जयन्तीले हामीलाई धर्म, सत्य र नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ।'

माता सीताको जीवनले पारिवारिक सद्भाव, सामाजिक न्याय र लैङ्गिक समानताको महत्वलाई स्मरण गराउने उनको कथन छ।

उपराष्ट्रपतिले कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उन यस अवसरमा, सीताको आदर्शलाई आत्मसात गर्दै नारी सशक्तिकरण, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने संकल्प लिनुपर्ने बताए।

'पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ। यसले वातावरण संरक्षण, मातृशक्तिको सम्मान र सामाजिक न्यायको सन्देश दिन्छ,' उपराष्ट्रपतिले सन्देशमा भनेका छन्।

उपराष्ट्रपतिले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ सङ्कल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गरे।

प्रकाशित: १२ वैशाख २०८३ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App