ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागको कार्यालयमा तोडफोड र आगजनी भएको छ। मंगलबार प्रदर्शनकारीहरूले त्यहाँ तोडफोड र आगजनी गरेको खबर प्राप्त भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
‘त्यहाँ तोडफोड र आगजनी भएको खबर प्राप्त भएको छ। थप टोली जाँदैछ,’ परिसर स्रोतले भन्यो।
क्षतिको विवरण भने आउन बाँकी छ।
प्रकाशित: २४ भाद्र २०८२ १०:०० मंगलबार





