२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपा नेपाल र जसपाबिच एकीकरण : बुहमत केन्द्रीय सदस्य लिएर उपाध्यक्ष रेणु यादवले गरिन् एकता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ। दुई पार्टीबिच आजै एकताको घोषणा गरिएको हो।

जसपाका तर्फबाट उपाध्यक्ष रेणु यादवले एकताको नेतृत्व गरेकी छन्। जसपाका अध्यक्ष अशोक राई भने जसपा नेपालसँग एकताका लागि तयार भइनसके पनि उपाध्यक्ष यादवले बुहमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपालसँग एकता गरिएको विज्ञप्तिमा हस्ताक्षर गरेकी छन्।

यादवको नेतृत्वमा जसपा नेपालसँग आज गरिएको एकता घोषणामा जसपाका नेता प्रदीप यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित नेता रामकुमार शर्मा उपस्थित देखिएका छन्।

उपाध्यक्ष यादव पक्षले आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ। यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन्। बाँकी रहेका केन्द्रीय सदस्य लिएर उपाध्यक्ष यादवले जसपा नेपालसँग एकता गरेकी हुन्।

राई तयार नभए यादव पक्षधरले जसपा नेपालसँग एकताको घोषणा गर्ने जनाइएको छ। आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच एकताका लागि सहमति भएको थियो।

प्रकाशित: १४ पुस २०८२ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App