२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचनमा एमाले सहभागी हुन्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा एमाले सहभागी हुने बताएका छन् ।  

सोमबार ओली निवास गुण्डुमा नेपाल रिपब्लिक मिडियासँग खुलेर कुरा गरेका ओलीले एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने बताए ।  

निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगले तोकेकै मितिमा एमालेले दल दर्ता गराउने पनि ओलीले बताए । जेन-जी आन्दोलनपछि चुनाव लक्षित धेरै दल खुलेको, पुराना राजनीतिक दल पनि निर्वाचनमा जान दलदर्ताको क्रममा रहँदा प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित निर्वाचनको विपक्षमा देखिएको एमाले निर्वाचनमा जाने तयारीलाई महत्वका साथ हेरिएको छ ।  

ओलीले फागुन २१ लाई तय गरिएको निर्वाचन एमालेका कारण हुँदैन भन्ने अफवाह फैलाएको आरोप लगाउँदै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारको हुने जिकिर गरे । उनले यो सरकार चुनाव गराउने गरी नै नआएको बताएका छन् ।  

ओलीले निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन प्रतिनिधिसभा पुनर्स्थापन नै रहेको दावी गरे । ओलीले जेन-जी आन्दोलन र जेन-जीले उठाएका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनै पर्ने बताए ।

देश ठूलो भड्खालोमा गइसकेको बताउँदै ओलीले निकासका लागि जेन-जी प्रतिनिधिसहितको सर्वपक्षीय सरकार आवश्यक रहेको दावी गरे । 

प्रकाशित: ८ मंसिर २०८२ १९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App