२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

संसद् पुनर्स्थापना नगरी एमाले रोकिँदैन : केपी ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताएका छन् ।  

आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बताए । उनले भने, ‘हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ।’

वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको उनले बताए । अहिलेको सरकार असंवैधानिक भएको उनको दाबी छ । उनले भने, ‘यो सरकार असंवैधानिक सरकार हो, यो कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ।’

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सुरु गरिएको  एमालेको जनप्रदर्शन नरोकिने उनले बताए । ओलीले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म यो आन्दोलन रोकिन्न, यो अझ फैलिँदै जान्छ, रोकिनेवाला छैन ।’

अध्यक्ष ओलीले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट गर्दै अहिलेको ‘अवैधानिक सरकार’लाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरे । उनले भने, ‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन, त्यसैले विघटित प्रतिनिधि सभा शीघ्र पुनर्स्थापित हुनुपर्छ।’

प्रकाशित: ३० कार्तिक २०८२ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App