२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले उपाध्यक्षको दाबीः ओलीकै सहमतिमा विद्याको सदस्यता नवीकरण

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण अध्यक्ष केपी शर्मा ओलीकै सल्लाहमा भएको दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै उपाध्यक्ष ज्ञवालीले यस्तो दाबी गरेका हुन्।  

‘उहाँले सरसल्लाह गरेर नवीकरण गर्नुभएको छ। पूर्वराष्ट्रपति जत्तिको सदस्यता नवीकरण कुनै कर्मचारीले यत्तिकै टिकट बाँडेजस्तो होइन। अध्यक्ष ज्युसँगै सरसल्लाह गरेरै होला,’ उनले भने । उनले आफूले पछि मात्रै थाहा पाएको उनले बताए। ‘राष्ट्रपतिको सेवा सुविधा लिइरहने उता सदस्यता नवीकरण गर्ने भन्ने होला भनेर हल्ला नगर्ने भएको होला, त्यो पछि बैठकमा मैले थाहा पाएको हो,’ उनले भने।  

‘स्वयं अध्यक्ष ओलीले नै सचिवालय बैठकमा संविधानले रोक्दैन, नियमले रोक्दैन हाम्रो विधानले रोक्दैन भन्नुभएको थियो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘उहाँ स्वयं आउन चाहन्छु भनेपछि हामीले रोक्न मिल्दैन भन्नुभएको थियो।’

प्रकाशित: १८ भाद्र २०८२ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App