नेकपा (एमाले) स्थायी कमिटीको बैठक जारी छ। केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका विभिन्न कमिटी र विभाग गठनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा स्थायी कमिटी तथा पोलिटब्युरो सदस्य, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र विभिन्न विभागहरूको गठन तथा कार्यविभाजनलगायतका विषयमा छलफल हुनेछ।
प्रकाशित: २३ आश्विन २०८३ १५:०० शुक्रबार





