४ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै, कार्यविभाजनलाई अन्तिम रूप दिइने

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। 

जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी छ। केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बिहान ११ बजेर ३० मिनेटमा अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ। गत मंसिर २७-२९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो। फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न  केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।

यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरू मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ। अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई  मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App