नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो।
महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्ने बताइएको छ। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुने छन्।

एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको छ।

आजको सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने बताइएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १२:४१ शनिबार





