१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका हुन्। यससँगै उनी चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीसहित पार्टीका अन्य पदाधिकारीहरू पनि सहभागी छन्।

केन्द्रीय संगठन विभागको आयोजनामा सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० जेष्ठ २०८३ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App