७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

इटहरी केन्द्रित एमालेको प्रदर्शन, अरु दलका गतिविधि शून्य

जेन-जी आन्दोलनमा पूर्वमा धेरै क्षति भएको इटहरीलाई केन्द्र बनाएर एमालेले प्रदर्शन गरेको छ । जेन-जी आन्दोलनपछि राजनीतिक गतिविधि शून्य इटहरीमा शनिबार एमालेले प्रदर्शन गर्‍यो ।  

जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार जिल्लाका १२ वटै स्थानीय तहका वडादेखि सम्पूर्णलाई सहभागी गराएर मोटरसाइकल र्‍याली गरिएको हो । एमालेले सबैतिरबाट इटहरीमा उपस्थित भएर इनरुवामा कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जनजागरण अभियानले देशभर जनस्तरमा नयाँ ऊर्जा सिर्जना गरेको बताए ।

सुनसरीमा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. १ मा मिसन ग्रासरुट कार्यक्रम चलाई रहेपनि अरु पब्लिक केन्द्रित त्यसमा पनि चुनाबलाई लक्षित गरेर कार्यक्रम अघि बढाउन सकेको छैन ।  

भर्खरै माओवादी केन्द्रसहित १० दलमिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको जिल्लास्तर तथा तल्लो तहसम्म समितिले पूर्णता नपाएकाले गतिविधी अघि बढाउन सकस भएको छ ।  

धरानका मेयर हर्कराज राइले खोलेको श्रम शक्ति पार्टीको गतिविधि धरानमा भए पनि जिल्लाका अरु स्थानमा छैन । राप्रपा, जसपालगायतका दलहरुले पनि ठूला गतिविधि गरेका छैनन ।

जेन-जी पुस्ताको आन्दोलनका क्रममा दुईजनाको गोली लागेर मृत्यु हुनुका साथै सुनसरीका सरकारी कार्यालयमा मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो । निजी क्षेत्रको क्षतिको विवरण अझै संकलन हुन सकेको छैन । 

प्रकाशित: २९ कार्तिक २०८२ १८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App