१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग छलफल गर्न पुग्यो एमाले

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।

छलफलमा सरकारका पक्षबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी थिए । छलफलका क्रममा आशन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित: ११ मंसिर २०८२ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App