जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुनर्निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।
नेकपा एमालेका नेता महेश बस्नेतका अनुसार पार्टी कार्यालय भवन पुनर्निर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने छ। सो लागत विदेशमा रहेका युवाहरूले जुटाउने घोषणा उनले जानकारी दिएका छन्।
पार्टीले जलेकै भवनलाई पुनर्निर्माण गरेर पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर ‘कार्यालय हामी बनाइदिन्छौँ’ भन्ने प्रतिबद्धता जनाएको नेता बस्नेतको दाबी छ।
प्रकाशित: १२ कार्तिक २०८२ ११:३९ बुधबार





