३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

एमाले सांसदले ‘यो सुशासन हो कि छाडातन्त्र?’ भनेपछि रास्वपाको नियमापत्ति

प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदबिच शब्द चयनलाई लिएर विवाद भएको छ।

बुधबार एमाले सांसद एशुदा कुमारी बरालले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘छाडातन्त्र’ शब्दप्रति रास्वपा सांसद इन्दिरा राणाले नियमापत्ति जनाएकी हुन्। बैठकमा बोल्दै एमाले सांसद बरालले देशमा साइबर बुलिङ तीव्र रूपमा बढेको र यसको सिकार ९० प्रतिशत महिला सांसद भइरहेको दाबी गरिन्। 

सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको विषयलाई लिएर गरिएको ट्रोलिङप्रति संकेत गर्दै उनले भनिन्, ‘यसले हामी सांसद नै लज्जित भएका छौँ र समाज कहाँ जाँदै छ भन्ने प्रश्न उठेको छ।’ उनले सभामुखमार्फत यो साइबर बुलिङको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर भारतले नेपालको भूमि मिचेको भन्दा संसदमा ताली बज्ने, मन्त्रीले कतै गएर व्यवसायीको ‘खुट्टा भाँचिदिनु’ भन्दा पनि त्यसैलाई ठीक मानेर ताली बज्ने गरेको भन्दै आपत्ति जनाएकी थिइन्। संसदको रोस्ट्रममा बोलिरहेका बेला नियमविपरीत कसैलाई आरोप लगाउँदा मिडियाले त्यसैलाई हाइलाइट गर्ने गरेको उनको तर्क थियो।

उनले अगाडि भनिन्, ‘यो कुरा सुशासन हो कि छाडातन्त्ररु लोकतन्त्रलाई के भन्ने हो? यो मनपरितन्त्र हो भने प्रतिपक्ष दलको के अर्थ हुन्छरु’

सांसद बरालले आफ्नो भनाइका क्रममा ‘छाडातन्त्र’ शब्द प्रयोग गरेलगत्तै रास्वपा सांसद राणाले नियमापत्ति जनाइन्।

बरालको शब्द चयनप्रति आपत्ति जनाउँदै राणाले भनिन्, ‘अशिष्ट शब्द प्रयोग गर्नुभएको छ। छाडातन्त्र भनेको शब्द संसद्को रेकर्डबाट हटाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु।’

सो अवसरमा सांसद बरालले अन्तर्राष्ट्रिय बजारमा ७२ घण्टा अगाडि नै पेट्रोलियम पदार्थको मूल्य घटिसक्दा पनि नेपालमा नघटाउनु दु:खद भएको बताइन्। ‘गरिबले पनि भात पकाएर खानुपर्छ, यो कुरामा सरकारको किन ध्यान नगएकोरु’ उनले प्रश्न गरिन्।

प्रकाशित: ३ असार २०८३ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App