३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

ओली-प्रचण्ड भेटलाई एमालेकै नेताले अनावश्यक टीकाटिप्पणी गरे : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दहालबिच बिरामी भएका बेला भएको सद्भावपूर्ण भेटलाई असंख्य अर्थ लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उक्तलाई 'कम्युनिष्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ' भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु स्वाभाविक रहेको बताएका छन्।

'पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' बिच बिरामी भएको बेला भएको सद्भावपूर्ण भेटलाई असंख्य अर्थ लगाएर 'कम्युनिष्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ' भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वाभाविक हो,' बस्नेतले सामाजिक सञ्जालमा भने।

आफूलाई वामपन्थी भन्न रुचाउने, एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा आफूलाई अचम्म लागेको उनको भनाइ छ।

'तर आफूलाई वामपन्थी भन्न रुचाउने, अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ,' उनले लेखे।

प्रकाशित: ६ वैशाख २०८३ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App