१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले अजम्बरी छ, लोकतन्त्र जीवित छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी भएको बताएका छन्। ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले एमाले र लोकतन्त्र जीवन्त रहेको बताएका हुन्। 

उनले उद्‌घाटन सत्रमा उपस्थित एमालेका मात्र नभएर समग्र जनता भएको बताए। उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताएका छन्। 

उनले जेनजी आन्दोलनलाई संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमलाको संज्ञा दिए। ओलीले जेनजी आन्दोलनपछि पुराना पार्टी र नेताका दिन गए भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि उल्लेख गरेका छन्। 

नेकपा एमालेको सान्दर्भिकता समाप्त भएको टिप्पणी भए पनि त्यो सही नभएको उनको भनाइ रहेको थियो। 

प्रकाशित: २७ मंसिर २०८२ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App