नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन् । एमाले कहिल्यै युवाबाट टाढा नरहेको जिकिर गर्दै पोखरेलले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने एमाले मात्र रहेको बताए ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको पार्टीको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको गरेको थियो। श्रद्धाञ्जली अर्पण गर्दै पोखरेलले हिजो, आज र भोलि एमाले युवामैत्री रहने बताए ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताए । अहिले 'संयमित भएर शक्ति आर्जन गर्ने समय हो' भन्दै ज्ञवालीले यो परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उपमहासचिव ज्ञवालीले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
प्रकाशित: १ आश्विन २०८२ १९:४३ बुधबार





