१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुग्यो एमाले

नेकपा एमालेले असंवैधानिक रूपमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको हो।

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकबाट एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। रिट निवेदकमा नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल रहेका छन्।

प्रकाशित: ९ मंसिर २०८२ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App