नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा मायादेवी गाउँपालिका पूर्व अध्यक्ष बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनको मर्म अनुसार एमालेले संगठन प्रभावकारी रूपमा अघि बढाउन नसकेको भन्दै पार्टी छाडेका हुन्। एमाले जिल्ला सचिवालय सदस्य रहेका चौधरीले पार्टीबाट राजीनामा दिए पनि तत्काल अन्य पार्टीमा नजाने बताए।
उनको पार्टी परित्याग गर्ने निर्णयलाई स्थानीय राजनीतिमा तरंग ल्याएको छ। उनी एमालेका महाधिवेसन प्रतिनिधि तथा पार्टीको क्षेत्र नम्बर १ निर्वाचन समिति सहसंयोजक समेत रहेका थिए। कपिलवस्तु–१ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्दै पार्टी परित्याग गरेको चौधरीले बताए।
उनले उम्मेदवारलाई समर्थन गर्ने घोषणाले यहाँको चुनावी प्रतिस्पर्धाले झन रोचक बनेको छ। जनता समाजवादी पार्टीबाट २०७४ मा तत्कालीन अवस्थामा मायादेबी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। गत स्थानीय निर्वाचनमा पराजित भएपछि उनी एमालेमा प्रवेश गरेको थिए।
प्रकाशित: ५ फाल्गुन २०८२ १९:४९ मंगलबार





