नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले जेन-जी सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् । एमाले उदयपुरले सदरमुकाम गाईघाटमा सोमबार आयोजित कार्यकर्ता भेलामा ज्ञवालीले अहिलेकै अवस्थामा चुनाव हुने वातावरण नदेखिएको बताए ।
ज्ञवालीले भने, ‘पाँच हजार भन्दाबढी भागेका कैदीबन्दी, प्रहरीबाट लुटिएका आधाजस्तो हातहतियार बाहिरै छन् । तीनै व्यक्तिहरुबाट हत्या, लुटपाट र बलात्कारका घटना भईरहेको अवस्थामा कसरी निर्वाचन सम्भव हुन्छ ?’
‘निर्वाचन गर्न शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरण हुनुपर्छ,’ उनले भने ‘अनि मात्र उमेद्वार जनताको घर दैलौसम्म भोट माग्न जान सक्छन्, जनताले निर्धक्कसँग मत हाल्न सक्छन् ।’
निर्वाचन गराउने कर्मचारीहरु मतदातास्थलसम्म जानसक्ने वातावरण नबनेको अवस्थामा चुनाव सम्भवै नहुने उनको धारणा थियो ।
प्रकाशित: १७ कार्तिक २०८२ २०:०८ सोमबार





