२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय परिषद् सदस्य कुवर माओवादी केन्द्रमा प्रवेश

बैतडी कुवाकोट निवासी नेकपा (एमाले)का केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय रहेका थिए। कुवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा स्वागत गरे।

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले दिपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका हुन्।

प्रकाशित: ३१ श्रावण २०८२ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App