नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।
आज दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
समसामयिक प्रस्तावहरू पारित गरी दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने छ। सो पश्चात् केन्द्रीय कमिटी बैठक बस्ने छ।
यसैगरी, राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८:०० बजेदेखि सुरु हुनेछ।
आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने छन्। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने छन्।
प्रकाशित: ३ मंसिर २०८३ ०७:५१ बिहीबार





