३ मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने

नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन्।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने उनले जानकारी दिए।

यसैबीच, आजै दिउँसो ३ बजेदेखि कार्की ब्याङ्क्वेटमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

प्रकाशित: ३ मंसिर २०८३ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App