२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

आज ‘उज्यालो पार्टी नेपाल’ को घोषणा सभा, कुलमान घिसिङ प्रमुख अतिथि

नयाँ राजनीतिक दल ‘उज्यालो पार्टी नेपाल’ को पार्टी घोषणा सभा आज दिउँसो १ बजे  काठमाडौँको प्रज्ञा भवन, कमलादीमा हुने भएको छ।  

पार्टीले देशको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । पार्टी घोषणा सभामा प्रमुख अतिथिको रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थिति रहने पार्टीले जनाएको छ।  

घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको छ र यस अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने पार्टीका पदाधिकारी अनुप कुमार उपाध्यायले जानकारी दिएका छन्। आज पार्टीको औपचारिक घोषणा, पार्टीको जानकारी, घोषणापत्र र कार्यक्रमहरू सार्वजनिक गर्ने उपाध्यायले बताए।

प्रकाशित: १७ मंसिर २०८२ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App