२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

गगनलाई उदय शमशेरको शुभकामना : कांग्रेसलाई एक ढिक्का बनाउनु आजको आवश्यकता

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले नवनिर्वाचित सभापति गगनकुमार थापालाई सफल कार्यकालको शुभकामना दिएका छन्। 

कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएपछि थापाले शपथ ग्रहण गरी पदभार सम्हालेसँगै राणाले उनलाई पुनः बधाई दिएका हुन्। राणाले पार्टीको रूपान्तरण अभियानलाई सफल बनाउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउन सबैको साझा दायित्व रहेको बताएका छन्।

‘पार्टीको रूपान्तरण अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउनु हामी सबैको साझा दायित्व हो,’ राणाले भनेका छन्। महामन्त्रीको जिम्मेवारीमा रहेर उक्त अभियानलाई सफल बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।

उनले अहिलेको परिस्थितिमा आपसी विश्वास, सहकार्य र एकताका साथ अघि बढ्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीको हित, जनताको अपेक्षा र देशको भविष्यलाई केन्द्रमा राखेर सबै एकजुट हुनुपर्ने बताउँदै राणाले कांग्रेसलाई बलियो बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

‘पार्टीको हित, जनताको अपेक्षा र देशको भविष्यलाई केन्द्रमा राखेर हामी सबै एकजुट भई अघि बढौँ,’ उनले भनेका छन्।

प्रकाशित: ३१ आश्विन २०८३ १८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App