१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गर्ने दुई जना निलम्बन : राप्रपा

राप्रपाले दुई जना सदस्यलाई निलम्बन गरेको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाण्डौं)लाई निलम्बन गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पार्टीको विधानको धारा ३२(ङ) बमोजिम पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गरेकाले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार उनीहरुलाई निलम्बन गरिएको हो । 

प्रकाशित: ११ वैशाख २०८३ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App