गृह मन्त्रालयले मंगलबार आधा दर्जन सहसचिवको सरुवा गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ ।
सरुवाअनुसार धनकुटाका सिडिओ बिनोद कुमार खड्का भक्तपुर पठाइएका छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई ललितपुरको सिडिओ बनाइएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोक पठाइएको छ भने भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चल राज पाण्डेलाई दाङको सिडिओको जिम्मेवारी दिइएको छ ।
दाङका सिडिओ विश्व प्रकाश अर्याललाई रुपन्देही सरुवा गरिएको छ । रुपन्देहीका सिडिओ माधव प्रसाद पोखरेललाई भने कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित: ५ जेष्ठ २०८३ १८:०३ मंगलबार





