२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङका मतदान अधिकृतको तालिम फागुन १४ र १५ मा हुने

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि फागुन १४ र १५ गते दुई चरणमा अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ। जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १४ गते फक्ताङलुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका,मिक्वाखोला गाउँपालिका तथा मेरिङेन गाउँपालिका र मैवाखोला गाउँपालिका वडा नं ५ र ६ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइने छ। 

यस्तै फागुन १५ गते फुङलिङ नगरपालिका,आठराई त्रिवेणी गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिकाका सबै वडा तथा मेरिङदेन गाउँपालिका तथा मैवाखोला गाउँपालिकाका वडा नं १,२,३ र ४ नम्बर वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक केन्द्रमा मतदान अधिकृत एक,सहायक मतदान अधिकृत एक र सहायक कर्मचारी तीन तथा कार्यालय सहयोगी एक गरी कुल ६ जनाका दरले कर्मचारी खटाउने गरी मतदान केन्द्रमा खटिने कर्मचारी तोकिसकेको छ। 

ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन्। फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। 

प्रकाशित: ११ फाल्गुन २०८२ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App