१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‍मा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ।

पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख सचिव पद्मा अर्यालले बताइन्।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ।

प्रकाशित: ३ श्रावण २०८३ १३:३३ आइतबार