३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

ट्रेड युनियन खारेज संविधान विपरित: डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड युनियन खारेजी गर्ने सरकारको प्रयास संविधान विपरित रहेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आयोजना गरेको श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना कार्यक्रममा डा कोइरालाले संविधानले नै किटान गरेको ट्रेड युनियनमा आबद्ध हुन पाउने अधिकार सरकारले खोस्न नसक्ने बताएका हुन् ।  

डा कोइरालाले सरकारले ट्रेड युनियन खारेज गर्ने प्रयास गरे सबै एक जुट भएर सरकारको कदम विरुद्ध लाग्नुपर्ने धारणा पनि राखे ।  डा कोइरालाले मुलुकमा देखिएको समस्याहरु हलका लागि नेपाली कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताए ।  लोकतन्त्र रक्षाका लागि पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाई छ ।  

पार्टीसमेत विभाजित मनस्थितिबाट अघि बढिरहेको बताउँदै डा कोइरालाले भने, ‘अहिलेको अवस्थामा नेपाली कांग्रेस एकढिक्का हुन नसक्ने हो भने मुलुकको लोकतन्त्र कमजोर हुनेछ।’  

नेता कोइरालाले लोकप्रियतावादी पार्टीहरु भोली कसरी जान्छन्, भन्न सक्ने अवस्था नरहेको बताए । विशेष महाअधिवेशनपछि पार्टी एक बनाउन अहिले पनि केही कुराहरु मिल्न बाँकी रहेको जानकारी गराए । कार्यक्रममा आयोजक गिरीजाप्रसाद कोइराला श्रम प्रतिष्ठानकी अध्यक्ष सुधा देवकोटाले ट्रेड युनियनले नेतृत्व विकाससंगै श्रमिकको आत्मबल बढाउने कुरामा जोड दिदै आएको  बताइन् ।  

 

 

प्रकाशित: २९ जेष्ठ २०८३ २०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App