२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग प्रमुख दलका शीर्ष नेताको भेट

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल बालुवाटारमा सुरु भएको छ।

छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

हिजो सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री तीनै पार्टीका शीर्ष नेताहरूलाई भेटेर बालुवाटार बैठकका लागि निम्ता गरेका थिए। यसअघि प्रधानमन्त्रीले राष्ट्रपति निवासमा तीन दलका शीर्ष नेताहरूसँग संयुक्त रूपमा छलफल गरेकी थिइन्।

प्रधानमन्त्रीले आगामी निर्वाचन तोकिएकै मितिमा सञ्चालन गर्ने वातावरण बनाउन दलका शीर्ष नेताहरूसँग संवाद थालेकी हुन्।

प्रकाशित: १२ पुस २०८२ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App