२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीको एकता सभामा शीर्ष नेताले सम्बोधन गर्दै

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दाङमा एकता सभा गर्दैछ । दाङको लमही देउखुरीमा एकता सभा सुरु भइसकेको नेकपाका संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । 

सभामा सहभागी हुन शीर्ष नेता पुगेका छन् । एकत सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।  

विभिन्न १६ दल तथा घटकहरूबीच एकता भएपछि बनेको नेकपाले एकताको सन्देशलाई आम जनसमुदायबीच पुर्‍याउने उद्देश्यले देशभर सन्देश सभा गर्दैछ।  

पार्टीले हिजो सुदूरपश्चिमको धनगढीमा उल्लेख्य नागरिकको उपस्थितिमा सन्देश सभा सञ्चालन गरेको थियो ।  

 

प्रकाशित: १३ मंसिर २०८२ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App