२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

'युवापुस्ताले समाज र राष्ट्रभन्दा माथि कोही हुन नसक्दैन भन्ने बझ्नुपर्छ'

फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आजका पुस्ताले समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

ख्वप माध्यमिक विद्यालयबाट नियमित परीक्षार्थीका रूपमा सहभागी भएका विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले समाज र राष्ट्रभन्दा माथि कोही हुन नसक्ने युवापुस्ताले बझ्नुपर्ने बताए। उहाँले समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्ने भन्दै व्यक्तिको पहिचान जन्म वा जातले नभई उसको योग्यता, क्षमता, इमान्दारिता र कर्मले निर्धारण गर्ने बताए।

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, 'विद्यार्थीहरू जहाँसुकै पुगे पनि आफ्नो ज्ञान, सीप र योग्यताका आधारमा सफल हुन्छन्, जात, भाषा र धर्मका नाममा हुने विभेदले विश्वका शक्तिशाली राष्ट्रहरूसमेत समस्यामा परेको छ, समावेशी, समानतामूलक र मानवतामा आधारित समाज निर्माणमा नयाँपुस्ताको महत्त्वपूर्ण भूमिका रहन्छ।'

अध्यक्ष बिजुक्छेँले व्यक्तिगत स्वार्थ र तत्कालको फाइदाभन्दा माथि उठेर सबैलाई समान सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए। नयाँ पुस्ताप्रति विश्वास व्यक्त गर्दै अघिल्लो पुस्ताले गर्न नसकेका धेरै महत्वपूर्ण काम अब नयाँ पुस्ताले पूरा गर्ने अपेक्षा रहेको उनको भनाइ थियो।

प्रकाशित: २१ असार २०८३ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App