१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ।

बैठकमा जलवायू परिवर्तन सम्बन्धमा विषय विज्ञहरूसँग छलफल तथा संयुक्त राष्ट्र सङ्घीय महासभामा परराष्ट्र मन्त्रीको सहभागिता सम्बन्धमा छलफल हुने समितिले जनाएको छ। यस्तै, आजै  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ः०० बजे बस्दैछ। बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुने समितिले जनाएको छ।

त्यसैगरि, बिहान ११ः१५ मा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा जलवायु परिवर्तनका कारणले नेपालले भोग्नु परेका विपद्जन्य समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामकारवाही र अन्तर्राष्ट्रिय कुटनीतिक पहल,जलवायु परिवर्तन अनुकूलन योजना,जलवायुजन्य विपद् जोखिम व्यवस्थापन,जलवायु वित्तको प्राप्ति एवं उपयोगमा क्षमता अभिवृद्धि तथा जलवायु परिवर्तन सम्मेलन लगायतका अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालले उठाउनुपर्ने विषयबस्तु र यस क्षेत्रमा कार्यरत संघसंस्थाको भूमिका विषयमा छलफल हुने समितिले जनाएको छ।  

प्रकाशित: १ आश्विन २०८३ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App