१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बिहान १० बजे अर्थ समितिको बैठक बस्ने जनाएको छ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

यस्तै बिहान ९ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने जनाइएको छ। छलफलका लागि माननीय मन्त्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, सचिव विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, सचिव कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय साथमा कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आमन्त्रण गरिएको समितिले जनाएको छ।

आजै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक पनि बस्ने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ।  

प्रकाशित: ३१ भाद्र २०८३ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App