२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने एकताबद्ध हुनुपर्छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।  

पार्टीमा नयाँ सदस्यलाई स्वागत गर्दै दाहालले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने उनले बताए ।  

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्याएर लैजानुपर्नेमा जोड दिए ।  

 

प्रकाशित: ९ माघ २०८२ २०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App