२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

'गरिबलाई अत्याचार गर्ने बालेन! तिम्रा ती दुई अराजक सांसदलाई कारबाही गर्छौ कि गर्दैनौ?'

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई निषेध नभइ व्यवस्थापन गर्न आग्रह गरेका छन्।

सुकुम्बासीहरूका गरिब बस्तीका बुढाआमा र बच्चाबच्ची हाम्रा बाआमा र बच्चाबच्ची जस्तै भएको जिकिर गर्दै बस्नेतले उनीहरूलाई लखेट्ने काम समाधान नभइ अपराध भएको भनाइ राखे।

;यी गरिब बस्तीका बुढाआमा हाम्रा बाआमा जस्तै हुन्। त्यहाँका बच्चाबच्ची हाम्रा बच्चाबच्ची जस्तै हुन्। उनीहरूलाई यसरी लखेट्ने काम समाधान होइन, अपराध हो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'बालेन, निषेध होइन-व्यवस्थापन गर।'

बालेन्द्र सरकारले एकातिर बिहानै गरिब सुकुम्बासीहरूको बिल्लीबाठ बनाउँदै डोजर लगाएर घर भत्काउँदै छ भने अर्कोतर्फ उनका सांसदहरू कोही हेडमास्टरलाई ‘गेटसम्म स्वागत गर्न आएन’ भनेर थर्काउँदैछन्, कोही जिल्ला प्रहरीको एसपीलाई ‘सडकमा घिसार्छु’ भन्दै धम्की दिइरहेका बताए। 

सोही प्रसंगमा बस्नेतले गरिबलाई अत्याचार गर्ने बालेन्द्रले आफ्ना दुई अराजक सांसदलाई कारबाही गर्ने कि नगर्ने भन्दै प्रश्न समेत गरे।

'एकातिर बिहानै गरिब सुकुम्बासीहरूको बिल्लीबाठ बनाउँदै डोजर लगाएर घर भत्काइँदैछ बालेन सरकार ! अर्कोतर्फ उसका सांसदहरू कोही हेडमास्टरलाई ‘गेटसम्म स्वागत गर्न आएन’ भनेर थर्काउँदैछन्, कोही जिल्ला प्रहरीको एसपीलाई ‘सडकमा घिसार्छु’ भन्दै धम्की दिइरहेका छन्,' उनले भने, 'गरिबलाई अत्याचार गर्ने बालेन! तिम्रा ती दुई अराजक सांसदलाई कारबाही गर्छौ कि गर्दैनौ?'

प्रकाशित: १२ वैशाख २०८३ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App