१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

आज बसेको मन्त्रिपरिषद् बैठकले तिन वटा निर्णयहरु गरेको छ। बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको हो। 

बैठकले गत बुधबार नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।  

बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायको पुनःस्थापना र राहतलाई व्यवस्थित बनाउन आवश्यक प्याकेज तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको हो। 

यसैगरी, मन्त्रिपरिषद् बैठकले भारतसँग सरकार–सरकार (जीटुजी) खरिद प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। 

प्रकाशित: १२ भाद्र २०८३ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App