३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनबाट कुहिएका नेता हटाएर स्वच्छ युवा नल्याएसम्म ठूलो परिवर्तन हुँदैन: शिक्षामन्त्री पुन

फाइल तस्बिर

शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउँदा २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्। उनले बाँडिएर होइन, एकजुट भएर निर्वाचनमा भाग लिन युवालाई अनुरोध गरेका हुन्। 

सामाजिक सञ्जालमार्फत आह्वान गर्दै उनले भने, ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सबै जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीले चलखेल गर्न नपाऊन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सबै नेपालीले योग्य, नैतिक र दृढ संकल्प भएको युवा जनप्रतिनिधि छान्न कुनै पनि झगडा नगरी संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्छु।’ 

उनले अगाडि भने, ‘कुहिएका नेतालाई हटाएर स्वच्छ युवा नेतालाई अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन।’

May be an image of text

प्रकाशित: १० आश्विन २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App