२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न हुँदैन : सभापति श्रेष्ठ

संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न नहुने बताएका छन्।

मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन्। उनले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिए।

बैठकको कार्यतालिका केही अगाडि सारिएको भन्दै उनले यसलाई हतारोका रूपमा बुझ्न नहुने जिकिर गरे। सदस्यहरूले अध्ययनका लागि समय अभाव भएको भनी उठाएको जिज्ञासामा सभापति श्रेष्ठले उजुरीकर्ताहरूसँगको छलफलले विषयवस्तुलाई थप प्रस्ट पार्ने बताए।

प्रकाशित: ५ जेष्ठ २०८३ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App