१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

१० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।

निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन्। '३ 'ए' सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ,' उनले भने, 'निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिनुभएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति हार्दिक धन्यवाद!'

साथै, उनले निरन्तर प्रयासका लागि सांसद सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गर्दै उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहेको बताए।

'निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ। उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ,' उनले भने।

प्रकाशित: १९ भाद्र २०८३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App