२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

सभामुखलाई अझै पार्टीको धङधङ्गेले छोडेन: सांसद यादव

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याललाई अझै पार्टीको धङधङ्गेले नछाडेको टिप्पणी गरेका छन् । उनले पूर्व राजनीतिक आबद्धताले सभामुखले पदीय आचरण बिर्सिएको आरोप लगाए ।

बुधबारको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ? भन्दै प्रश्न गरे।

उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो ?यहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’  

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

प्रकाशित: ३ असार २०८३ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App