२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

फेरि फेरियो रास्वपा महाधिवेशनको कार्यतालिका: पदाधिकारी निर्वाचन राति सवा ९ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधित संस्करण सार्वजनिक गरेको छ। प्रवासबाहेक पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका जारी गरेको हो।

पहिलो चरणको मतदान सम्पन्न भए पनि त्यसको अन्तिम परिणाम अझै सार्वजनिक भइसकेको छैन। यसबीच आयोगले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रियाको समयतालिका पनि सार्वजनिक गरेको छ।

संशोधित कार्यतालिकाअनुसार पार्टी पदाधिकारीको निर्वाचन राति ९:१५ बजेदेखि सुरु हुनेछ। निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी पदाधिकारीको अन्तिम परिणाम राति १:३० बजे सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ।

रास्वपाले पहिलो चरणबाट केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढाइसकेको छ भने अब निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ।

निर्वाचन आयोगले महाधिवेशनको सम्पूर्ण प्रक्रिया निर्धारित समयभित्र सम्पन्न गर्दै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।

 

प्रकाशित: ११ असार २०८३ १७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App