नेकपा (एमाले) का सचिव महेश बस्नेतले बलियो प्रतिपक्षको भूमिका सरकारको आलोचना मात्र गर्ने नभई जनताको आवाजलाई तथ्य, तर्क, अध्ययन र प्रमाणका आधारमा प्रभावकारी रूपमा संसद्मा प्रस्तुत गर्नु रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सचिव बस्नेतले प्रतिपक्षले जिम्मेवार र दूरदर्शी भूमिका निर्वाह गर्न राजनीतिक अनुभवसँग विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतालाई जोड्न आवश्यक रहेको बताएका छन्।
उनले नेकपा (एमाले) ले यही उद्देश्यका साथ राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने ऐतिहासिक पहल गरेको दाबी गरेका छन्। यस अभियानले तथ्यमा आधारित बहस, जनसरोकारका विषयको गहिरो अध्ययन तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने र लोकतान्त्रिक अभ्यासलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: ३ श्रावण २०८३ १८:०१ आइतबार





