२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपाले महाधिवेशन विशेषांक प्रकाशन गर्ने प्रकाशित सामग्रीका लेखकलाई पारिश्रमिक नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ऐतिहासिक प्रथम महाधिवेशनको अवसरमा प्रकाशन गर्न लागिएको विशेषांकका लागि लेख, रचना लेख्न आह्वान गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै महाधिवेशन विशेषांकमा पार्टीको स्थापनापछिको गतिविधि, राजनीतिक यात्रा, नीति, विचार, सिद्धान्त, संगठन निर्माण, नेतृत्व विकास, जनअपेक्षा तथा आगामी कार्यदिशासम्बन्धी सामग्री समेटिने भनेको छ। साथै राष्ट्रव्यापी विषयमा आधारित सिर्जनात्मक तथा नवप्रवर्तनात्मक लेख–रचना समेत प्रकाशन गरिने उल्लेख गरिएको छ।  

लेख नेपाली भाषामा युनिकोड प्रयोग गरिएको हुनुपर्ने र  अधिकतम दुई हजार शब्द सीमा तोकिएको छ। पार्टीले प्राप्त लेख–रचना प्रकाशन गर्ने वा नगर्ने अन्तिम अधिकार सम्पादक मण्डलमा रहने भन्दै पार्टीको विधान, नीति तथा सिद्धान्तविपरीतका सामग्री प्रकाशन नगरिने बताएको छ। 

पहिलो महाधिवेशन विशेषांक पार्टी गतिविधिको  रूपमा प्रकाशन हुन लागेको जनाउँदै प्रकाशित सामग्रीका लागि लेखकलाई कुनै प्रकारको पारिश्रमिक उपलब्ध नगराइने बताइएको छ। 

लेखकहरूले आफ्नो लेख–रचना rspofficial26@gmail.com मा २०८३ जेठ २७ गते बुधबार राति १२ बजेसम्म पठाउन अनुरोध गरिइएको छ।    

प्रकाशित: २३ जेष्ठ २०८३ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App