नेकपा एमालेका नेता विष्णु रिजालले लोकतन्त्र र संसदीय व्यवस्थालाई बदनाम पार्ने एउटा कारण स्वकीय सचिवको सुविधा भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘संसद्को अभिलेख हेर्दा हुन्छ, ९० प्रतिशत सांसदले स्वकीय सचिवमा आफ्ना छोरा–छोरी, श्रीमान्–श्रीमती, साला–साली, भाइ–भतिजा आदि आफन्तको नाम राख्छन्।’
राज्यकोषको यो दुरुपयोग सधैँका लागि रोकिनुपर्ने माग उनको छ।
प्रकाशित: १२ आश्विन २०८२ ०९:१९ आइतबार





