१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा बालापन देखाए : सुदन किराती

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो बालापन देखाएको बताएका छन्। प्रधानमन्त्री शाहले राजनीतिक सिद्धान्तलाई अंगीकार गर्नुपर्ने भन्दै व्यक्तिवादी हुन नहुने बताएका हुन्।

‘राजनीतिक सिद्धान्तको दृष्टिले, असल नेतृत्वको एउटा विशेषता व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्छ। जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार देख्न चाहन्छन्,’ किरातीले लेखेका छन्।  

सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नै नेतृत्वको परिपक्व शैली हुने उनको भनाइ छ।

सामाजिक सञ्जालमै उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘यति भन्ने चाहिँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु।’   

प्रकाशित: २४ जेष्ठ २०८३ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App