६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले फेसबुकमा लाइक, कमेन्ट बढाउन खेलाडीको फोटो राख्नुभयो, बजेट दिनु भएन : सांसद महर

नेकपा एमालेका सांसद ऐन महरले २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता बजेट अभावका कारण अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार संसद्‌मा बोल्दै उनले जापानमा आगामी सेप्टेम्बर १४ देखि अक्टोबर २ सम्म आयोजना हुने खेलका लागि खेलाडीहरूको राहदानी संकलन भइसके पनि बजेट नहुँदा टोली वञ्चित हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक कभर फोटोलाई लिएर कडा आलोचना समेत गरेका छन्। प्रधानमन्त्रीको फेसबुकमा महिला फुटबल टोलीको फोटो हुनु तर खेलका लागि बजेट नहुनु विडम्बनापूर्ण भएको उनको भनाइ रहेको थियो।

सांसद महरले भने, ‘त्यो फोटो आफ्नो फेसबुकको लाइक, कमेन्ट, सेयर र यसको फलोअर बढाउनका लागि थियो कि महिला खेलाडीहरूलाई सम्मान गर्ने र उनीहरूको खेलकुदको विकासलाई ध्यान दिनका लागि थियो? म त्यो सोध्न चाहन्छु।’

उनले प्रधानमन्त्रीले फेसबुकमा देखाएको विश्वास र सम्मान व्यवहारमा पनि देखिनुपर्ने माग गरेका छन्। बजेट अभावलाई बहाना नबनाई महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न उनले सरकारसँग माग गरेका छन्। 

प्रकाशित: ३ असार २०८३ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App