११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जीले उठाएका मुद्दालाई एकीकृत पार्टीले ग्रहण गर्नुपर्छ: नारायणकाजी

तस्बिर: विजय राई/नागरिक<br>

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भर्खरै एकीकृत भएको कम्युनिष्ट पार्टीले जेन-जी पुस्ताले उठाएको विद्रोहात्मक चेतना र मुद्दाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने बताएका छन्।

उनले नयाँ पुस्तालाई पार्टी संरचनामा उल्लेख्य स्थान नदिएसम्म र उनीहरूका मुद्दालाई आत्मसात् नगरेसम्म पार्टी अघि बढ्न नसक्नेमा जोड दिए।

बुधबार कम्युनिष्ट घटकहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले परम्परागत राजनीतिप्रति वितृष्णा व्यक्त गर्दै नयाँ पुस्ताले उठाएका सवालहरू नै आज देशको मुख्य आवश्यकता भएको बताए।

‘हाम्रो पार्टीले जेन-जी मुद्दाले उठाएको थियो, जेन-जी विद्रोहले उठाएको चेतनालाई पनि ग्रहण गर्नुपर्छ,’ उनले भने, ‘उनीहरूले उठाएका भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दा, राजनीतिक स्थिरताको मुद्दा, राजनीतिक पार्टी र राजनीतिको शुद्धीकरणको मुद्दा तथा समृद्धिको मुद्दालाई हामीले आत्मसात् गर्नुपर्छ।’

नेता श्रेष्ठले नयाँ पुस्ताका मुद्दालाई नारामा मात्र सीमित नराखी पार्टीको संरचनामै परिवर्तन गरेर उनीहरूलाई स्थान दिनुपर्ने आवश्यकता औंल्याए। ‘हाम्रो पार्टीको संरचनामा पनि जेन-जी सहितका युवाहरूलाई उल्लेख्य ढंगले सामेल गर्ने दिशातिर जानुपर्छ,’ उनले भने।

प्रकाशित: १९ कार्तिक २०८२ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App